काठमाडौं – हाल देशभर पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भए पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ, जसले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पार्ने सम्भावना छ।
दिउँसोको मौसम पूर्वानुमान:
- देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
- कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
- बाँकी भूभागमा आंशिक बदली भए पनि मौसम मुख्यतया सफा रहनेछ।
रातिको मौसम पूर्वानुमान:
- पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।
- तराईका केही स्थानमा बिहानीपख हुस्सु तथा कुहिरो लाग्नेछ, जसले यातायात तथा जनजीवनमा प्रभाव पार्न सक्छ।
मौसम पूर्वानुमान महाशाखाले हिमपात हुने सम्भावित स्थानहरूमा आवश्यक सतर्कता अपनाउन तथा कुहिरोको असरलाई मध्यनजर गर्दै सुरक्षित यात्राका लागि ध्यान दिन आग्रह गरेको छ।
What’s your Reaction?