Tuesday, October 7, 2025

विद्यालय शिक्षा ऐन जारीको मागसहित शिक्षकहरूको सिटी जुलुस, सरकारलाई चैत २५ सम्मको अल्टिमेटम

२४ चैत, काठमाडौं — विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका शिक्षकहरूले आइतवार काठमाडौंमा सिटी जुलुस निकालेका छन्। माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म उनीहरूले सिटी बजाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्।

नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलनरत शिक्षकहरूले विद्यालय शिक्षा प्रणालीमा गुणस्तर सुधार, शिक्षक–कर्मचारीमैत्री संरचना र समयसापेक्ष विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै राजधानीमा प्रदर्शन तीव्र पारेका छन्।

महासंघले चैत २५ गतेसम्म आफ्ना माग सम्बोधन नभए देशभर शैक्षिक हड्ताल गर्ने चेतावनी दिएको छ। यस आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा तयारीमा समेत ढिलाइ हुने सम्भावना रहेको जनाइएको छ।

शिक्षक आन्दोलन २०८१ माघ २० गतेदेखि निरन्तर रुपमा जारी छ। आन्दोलनरत शिक्षकहरूले ऐन निर्माण प्रक्रिया तत्काल अघि नबढाए शिक्षा क्षेत्रमै संकट आउने चेतावनीसमेत दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Articles