Thursday, October 9, 2025

निजामती सेवाबाट श्रेणी हट्ने, तहगत संरचना लागू हुने

१ फागुन, काठमाडौं । निजामती सेवाबाट श्रेणी हट्ने भएको छ। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवामा तहगत संरचना लागू गर्ने सहमति जुटाएको छ।

संघीय निजामती सेवा विधेयकमाथि दफावार छलफलका क्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका सांसदहरूले तहगत संरचनालाई समर्थन जनाएका हुन्।

समितिले प्रस्तावित विधेयकको दफा ६ मा तहगत संरचनासम्बन्धी व्यवस्था समावेश गर्नेछ। छलफलको अन्तिम चरणमा समितिका सभापति रामहरि खतिवडाले भने, “तहमा जाने विषयमा स्पष्ट सहमति जुटिसकेको छ। विधेयकको दफा तहगत संरचना अनुसार मिलाइनेछ।”

तर, निजामती सेवामा अतिरिक्त सचिव पद कायम राख्ने कि नराख्ने भन्ने विषयमा भने सहमति जुट्न सकेको छैन। सभापति खतिवडाले यस विषयमा थप छलफल आवश्यक रहेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Articles