काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद सञ्चालनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन्।
बुधबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री ओलीले सदनमा प्रस्ट धारणा राख्नुपर्ने बताए।
‘प्रधानमन्त्रीले रोष्टममा आएर स्पष्ट जवाफ दिनुपर्छ। चित्तबुझ्दो जवाफ आए मात्र सदन चल्छ, नत्र चल्दैन उनले भने।
सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी छलफलमा सहभागी हुनुको कारण स्पष्ट पार्दै उनले प्रधानमन्त्रीले बारम्बार आग्रह गरेकाले आफू बैठकमा गएको बताए। तर, उक्त बैठकमा कुलमान घिसिङबारे कुनै पनि छलफल नभएको उनले जिकिर गरे।
What’s your Reaction?