Thursday, October 9, 2025

राष्ट्रिय सभामा बैंकिङ कसुर विधेयक : सैद्धान्तिक छलफलविनै समितिमा जाने

काठमाडौं – प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा आइपुगेको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक माथि आइतबार सैद्धान्तिक छलफल हुने अपेक्षा गरिएको थियो। तर, सत्तापक्ष र प्रतिपक्ष दुवैका सांसदहरूले छलफलमा भाग लिएनन्। अर्थमन्त्री विष्णु पौडेलले विधेयक प्रस्तुत गरे पनि सैद्धान्तिक छलफल नभई विधेयक समितिमा पठाइने भएको छ।

सांसदहरूले सैद्धान्तिक छलफल नगरेको विषयलाई सामान्य रूपमा लिँदै संसदीय समितिमा गहिरो छलफल हुने बताएका छन्। नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकाय ले सैद्धान्तिक छलफल नहुनु ठूलो समस्या नभएको बताए। “सैद्धान्तिक छलफल नहुनेबित्तिकै सांसदहरूले ध्यान दिएनन् भन्न मिल्दैन। संशोधन हालेर समितिमा गहिरो छलफल गरेर विधेयकलाई समृद्ध बनाउँछौं,” रोकायले भने।

माओवादी केन्द्रका प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी ले पनि छलफल नहुनु ठूलो विषय नभएको तर्क गरे। “आजको बैठकमा म थिइनँ। सैद्धान्तिक छलफलमा भाग नलिए पनि संशोधन हालेर समितिमा हेर्छौँ। अध्ययन र पूर्वतयारीको अभावका कारण पनि छलफल नहुन सक्छ। समितिमा पुगेपछि आवश्यक सुधार गरिन्छ,” उनले स्पष्ट पारे।

विधेयकबारे गहन अध्ययन र संसोधन आवश्यक पर्ने सांसदहरूको भनाइ रहेकाले अब विधायन समितिमा विस्तृत छलफल गरी अघि बढाइनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Articles