Tuesday, October 7, 2025

नेपाल अपराजित रहँदै फाइनलमा, वर्षाले हङकङ सँग अंक बाँडियो

काठमाडौँ । चार देश सहभागी टी–२० क्रिकेट शृङ्खलामा नेपाल र हङकङबीचको समूह चरणको अन्तिम खेल वर्षाले अवरुद्ध बनेपछि अंक बाँडिएको छ। वर्षाका कारण खेल पूर्णरूपमा हुन नसक्दा दुवै टोलीले समान एक–एक अंक लिन बाध्य भए।

खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि हङकङले ९ ओभरमा ३ विकेटको क्षतिमा ६८ रन बनाएको थियो। ओपनर जिसान अलीले सर्वाधिक ३० रन बनाए भने अंशी राथले १७ रन र निजाकत खानले १३ रनको योगदान दिए। नेपालका लागि ललित राजवंशीले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए। अर्का बलर नन्दन यादवले १ विकेट झारे।

यो परिणामसँगै नेपालले समूह चरणमा ३ खेलबाट ५ अंक बटुल्दै शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान पक्का गरेको छ। प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको नेपालसँगै कुवेत पनि फाइनलमा प्रवेश गरेको छ। कुवेतले आज कतारलाई पराजित गर्दै ४ अंकसहित दोस्रो स्थानमा रह्यो।

हङकङले १ जित, १ हार र १ बराबरी गर्दै २ अंकसहित तेस्रो स्थानमा रहँदा लगातार हार बेहोरेको कतार अन्तिम स्थानमा सीमित भयो। अब तेस्रो स्थानका लागि हङकङ र कतारबीच प्रतिस्पर्धा हुनेछ।

फाइनल र तेस्रो स्थान निर्धारण खेल दुवै आइतबारका लागि तय गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Articles