Thursday, October 9, 2025

गृह मन्त्रालय: तिनकुने घटनाका जिम्मेवार दुर्गा प्रसाई

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार तिनकुनेमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी दुर्गा प्रसाईले लिनुपर्ने बताएको छ।

शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले आन्दोलनको नेतृत्व प्रसाईले गरेको र त्यस क्रममा अराजक गतिविधि देखिएको भन्दै उनी नै घटनाका मूल जिम्मेवार रहेको स्पष्ट पारे।

प्रवक्ता तिवारीले भने, “हामीले प्राप्त गरेको जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईले गरेका हुन्। त्यसैले घटनाका लागि उहाँ नै मूल जिम्मेवार हुनुहुन्छ।”

शुक्रबार राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रसाईको नेतृत्वमा भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनीका घटना भएका थिए। मन्त्रालयले त्यस क्रममा भएको क्षतिको जिम्मेवारी आयोजककै तर्फबाट प्रसाईले लिनुपर्ने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Articles