Wednesday, October 8, 2025

महाशिवरात्रि अवसरमा चन्द्रागिरि हिल्सको केबलकारमा ५० प्रतिशत छुट

काठमाडौं – चन्द्रागिरि हिल्सले महाशिवरात्रि अवसरमा केबलकार टिकटमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ। फागुन १४ गते पर्ने महाशिवरात्रिका दिन विशेष भक्तिमय कार्यक्रम र महाआरती आयोजना गरिने कम्पनीले जनाएको छ।

चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा श्रद्धालुहरूको भीड लाग्ने भएकाले यस वर्ष पनि भव्य रूपमा महाशिवरात्रि मनाइनेछ। भक्तिमय भजन कार्यक्रमसँगै साँझ ५ बजेपछि विशेष महाआरती गरिने छ।

कम्पनीका अनुसार महाआरतीका अवसरमा साँझ ४ देखि ६ बजेसम्म यात्रुहरूले केबलकार टिकटमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। भक्तजनहरूका लागि धार्मिक तथा सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Articles