Wednesday, October 8, 2025

नेपालको स्टार्टअपको अहिलेको सम्पुर्ण अबस्था र अगाडिको परिस्थिति यस्तो देखियो ।

स्टार्टअप के हो?

समाजमा भएका समस्या समाधान गर्न नवीन सोचका साथ कम लगानीमा स्थापना गरिने व्यवसायलाई ‘स्टार्टअप’ भनिन्छ। सुरुवातमा यसले ठूलो संस्थागत रूप लिंदैन तर सही समर्थन पाए अर्थतन्त्रलाई गतिशील बनाउन सक्ने क्षमता राख्छ।

नेपालमा स्टार्टअपको स्थिति:

  • नेपालमा स्टार्टअपको इतिहास करिब १५ वर्षको छ।
  • नवउद्यमीले स्वतःस्फूर्त रूपमा उद्यम गर्दै सकारात्मक उदाहरणहरू दिएका छन्।
  • २०२७ सम्म नेपालको स्टार्टअप बजार ५० करोड डलरको हुने अनुमान छ।

सरकार र नीति:

  • सरकारले स्टार्टअपलाई प्रोत्साहित गर्न १ अर्ब सहुलियतपूर्ण कर्जा घोषणा गरेको छ।
  • स्टार्टअपको इकोसिस्टमलाई विकसित गर्न सरकारी नीति अन्तिम चरणमा छ।
  • उद्योग वाणिज्य महासंघले स्टार्टअपका लागि कर छुट र सहुलियतपूर्ण कर्जा वितरणलगायत सुझाव दिएको छ।

चुनौती र सम्भावना:

  • नेपालमा स्टार्टअपमा ६०% असफल हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय तथ्यांक छ।
  • पूर्वाधारको कमी, प्रोत्साहनको अभाव, र इनक्युबेसन सेन्टरहरूको अभाव मुख्य चुनौती हुन्।

स्टार्टअपको योगदान:

  • लगानी भित्र्याउने, निर्यात बजार विस्तार गर्ने, र व्यापार घाटा घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
  • २०३० सम्म एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य छ।
  • नवप्रवर्तन र प्रविधिको प्रयोगले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सक्छ।

अन्तिम निष्कर्ष:

नेपालको आर्थिक वृद्धिका लागि स्टार्टअप कोसेढुंगा साबित हुन सक्छ। सरकारले सही नीति र निजी क्षेत्रको हातेमालोले स्टार्टअपलाई नयाँ उचाइमा लैजानुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Articles