Thursday, October 9, 2025

विनोद चौधरीको वार्षिकोत्सव: मिथिला थालीमा स्वाद र संस्कृति मिलेर अनौठो उत्सव!

काठमाडौं। उद्योगपति विनोद चौधरीले आफ्नो वैवाहिक वार्षिकोत्सवलाई विशेष रुपमा मनाउन मिथिला थालीको छनोट गरेका छन्। शुक्रबार साँझ, चौधरी परिवार गैरीधारास्थित मिथिला थालीमा उपस्थित भएका थिए, जहाँ मास्टर सेफ सन्तोष साहले विभिन्न स्वादिष्ट शाकाहारी परिकार बनाएर उनीहरूलाई खुवाएका थिए।

मास्टर सेफ सन्तोष साहले सामाजिक सञ्जालमार्फत चौधरी परिवारसँगको यो अवसरको बारेमा जानकारी दिँदै, वार्षिकोत्सवको अवसरमा आफूले परिकारहरूको तयारी गरेको उल्लेख गरेका छन्। साहका अनुसार, विनोद चौधरीसँगै उनकी पत्नी सारिका, छोरा निर्वाण, बुहारी र नातिनातिना पनि उपस्थित थिए।

साँझको करिब ७:३० बजे चौधरी परिवार मिथिला थाली पुगेर सन्तोष साहले तयार पारेका १० प्रकारका शाकाहारी परिकारहरूको स्वाद चाखे। साहले विभिन्न तीन प्रकारका वेलकम ड्रिंक्स, क्यानापिज कोर्स, एपिटाइजर, फ्रस्ट मेन्स, मेन कोर्स, प्रि–डिजर्ट र डिजर्ट बनाएका थिए। यस अवसरमा, साहले नेपाली रैथाने उत्पादनहरूको प्रयोगमा आधारित परिकार तयार गरे।

मास्टर सेफ सन्तोष साहका अनुसार, “उद्योगपति चौधरीको वार्षिकोत्सवको अवसरमा परिकार तयार गरेर खुवाउनु मेरो लागि एक सम्मानको क्षण थियो।” उनले भने, “सुरुमा मलाई यो अवसरको बारेमा केही दिन अघि मात्र थाहा भयो। तयारीका लागि समय कम थियो, तर तीन घन्टामा तयारी गरि परिकारहरू प्रस्तुत गर्न पाउनु खुसीको कुरा हो।”

साहले थपे, “चौधरी परिवारको साथ र सहयोगले मसँग नेपालको मौलिक संस्कृति र पाककलाको प्रचारको उत्साह थप बढेको छ।”

त्यस अवसरमा चौधरीसँग नेपाली खानाका बारेमा र यसको विश्वव्यापी प्रवर्द्धनका विषयमा पनि चर्चा भएको थियो। मास्टर सेफ सन्तोष साहले चौधरीलाई उद्धृत गर्दै भने, “नेपालका मौलिक परिकारलाई आधुनिक र आकर्षक ढंगले प्रस्तुत गरेर विश्वभरि प्रचार गर्नु अत्यन्त आवश्यक छ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Articles