ललितपुर निवासी निर्माण व्यवसायी सानु तामाङको कहालीलाग्दो संघर्षको कथा…..
काठमाडौँ । नेपाल राष्ट्रिय तामाङ घेदुङको बुढानिलकण्ठस्थित चप्पलि हाइटमा निर्माणाधिन तामाङ भवनलाई ललितपुर निवासी निर्माण व्यवसायी सानु तामाङले भवन निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल तामाङ डाजङको केन्द्रीय सदस्यबाट सुरु गरिएको संगठानिक जिवनलाई नेपाल तामाङ युवा घेदुङका ललितपुर जिल्ला अध्यक्षसम्म समालेका तामाङ मध्यम अञ्चल युवा घेदुङ्का संयोजकमा रहेर युवाहरुको नेतृत्व गरिएको थियो । सानै देखि बिद्रोही स्वभावका तामाङले जिवनमा थुप्रै संघर्षका डोबहरु पार गर्दै यो अवस्थामा आईपुगेको बताउनुभयो।सामाजिक संस्थाको युवा सङगठनमा रहेर काम गर्दै गरेका तामाङ एकासी राजनीति तिर होमिए नेपाली काङ्ग्रेसमा युवा दस्ता तरुण दलको जिल्ला सदस्यमा संगठित भएर राजनीति यात्रा सुरु गरिएको थियो। तरुण दलबाट शुरु गरेको राजनीतिक यात्राकै क्रम्मा नेपाली काङ्ग्रेसको १२ औ महाधिवेशनमा सहभागी भइ आफुलाई नेपाली...