मंसिर ६ काठमाडौं । आजको पात्रो : ६ मंसिर २०७९, मंगलबार । तद्नुसार नोभेम्बर महिनाको २२ तारिक २०२२ । मार्गकृष्णपक्ष त्रयोदशी तिथि र चतुर्दशी तिथि रहेको छ । आज बाला चतुर्दशी भनिन्छ । आज पशुपतिनाथ र देशभरका शिवालयमा शतबीजरोपण गर्ने गरिन्छ ।हिजोरातिदेखि मन्दिरमा रातभर जाग्राम रहेर बत्ती बालेर आफ्ना मृतक पिृतहरुको सम्झना गर्दै आज बिहान शतविज छर्ने गरिन्छ । शतजिजमा मकै, उखु चना, चामल अमला आदि बीजहरु शिवालय क्षेत्रमा छर्ने चलन रहेको छ । सनातन धर्म संस्कारमा हिजोको साँझ र आज बिहान शिवालयको दर्शनको विशेष महत्व रहेको छ ।आज बिहान सूर्योदय ६ः२० मा र सूर्यास्त ५ः११ मा हुनेछ । आज बणिज करण, स्वाती नक्षत्र, सौभाग्य योग, चन्द्रमा तुला राशिमा रहेको छ । मंगलबार ऋण र कर्जा कदापी नलिनु होला । आजको देवता ब्रह्मा र ग्रहदेव शुक्र रहेको छ । आजको दिन यात्राका लागि शुभ मानिदैन । आजको दिन बिहान आफ्ना पितृहरुको सम्झना ...