सुनापति गाउँपालिकाका निवर्तमान अध्यक्ष लामाद्वारा जनतालाई धन्यवाद ज्ञापन गर्दै विदा
रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको निवर्तमान अध्यक्ष धावा लामाले सुनापति गाउँपालिका बासी जनतालाई धन्यवाद ज्ञापन गरेका छन् । नेकपा माओवादी केन्द्र केन्द्रिय अनुशासन विभागका सदस्य तथा प्रभावशाली नेता समेत रहेका लामाले आफूले सुनापतिको समृद्दिको यात्रा र आफ्नो पार्टीलाई फेरि विश्वास गरेकोमा आफू हर्षित भएको बताएका छन् ।
आफ्नो नेतृत्वमा सुनापति गाउँपालिकामा जनताको माग र आवश्यकतालाई केन्द्रमा राखी आफूहरुको क्षमताले भ्याएसम्म राम्रो गर्ने कोसिस गरेको बताउँदै मुल्यांकन गर्ने जिम्मा पार्टीको नेता तथा आम जनतामा सुम्पेको बताए ।
‘हामिले बोकेको बिचार र आदर्श, सहित सहीदहरूले खोजेको सुनापति र सबै जनताको माग र आवश्यकतालाई मध्यनजरमा राखी हामीले हाम्रो टिमले भ्याएसम्म समृध्द सुनापतिको यात्रा अघि सार्यौं।’ स्थानिय निर्वाचन पछि जित हासिल गरेपश्चात् विजयसभा कार्यक्रममा आफ्नो भनाई राख्दै भनेका छन्, ‘जनताल...