मंसिर ५ काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतगणनामा धादिङ र सल्यानमा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । धादिङमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले ६ सय मत गन्दा ३१९ मतसहित अग्रता कायम गरेका हुन् ।नेकपा एमालेका भूमि पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।यस्तै सल्यानमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले समेत अग्रता कायम गरेका छन् । ज्वालाले ११ सय ७१ मत गन्दा ६३९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार राजेन्द्र शाहले ५३२ मत प्राप्त गरेका छन् । यस्तै एमालेका राजेन्द्रवीर रायले १४५ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनमा रहेको नेकपा एसलाई कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा लगायतको साथ दिएको छ । ...
८ भाद्र २०७८, मंगलवार ०९:५०८ भाद्र २०७८, मंगलवार ०९:५०८ भाद्र २०७८, मंगलवार ०९:५० by देश सरोकारNo Comments
काठमाडौँ । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि बुधबार बोलाएको छ । आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ । आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुबै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो । ...
८ भाद्र २०७८, मंगलवार ०९:१५८ भाद्र २०७८, मंगलवार ०९:१५८ भाद्र २०७८, मंगलवार ०९:१५ by देश सरोकारNo Comments
काठमाडौँ । नवगठित नेकपा (एकीकृत समाजवादी)ले जनताको बहुदलीय जनवाद (जबज)का मूल्य, मान्यताको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्य निर्धारण गरेको छ ।नेकपा (एमाले)बाट अलग भएको सो पार्टीका प्रस्तावित केन्द्रीय सदस्य र सांसदको चन्द्रागिरिमा भएको दुई दिने बैठकले पार्टीको विधान पारित गरेको हो । एमालेले जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ ।सो पार्टीको विधानमा पार्टीको राणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद भएको उल्लेख गर्दै शोषण, उत्पीडन र विभेद्को अन्त्य गर्दै समानतासहितको स्वतन्त्रतामा पुग्न सकिने विश्वास गरिएको छ । विधानमा शान्तिपूर्ण सङ्घर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक सामाजिक रुपान्तरणसहित राष्ट्रिय पूँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवादका आधार निर्माण गर्नु पार्टीको तात्कालीन लक्ष्य रहेको जनाइएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै सो पा...