नेकपा एमाका उपाध्यक्ष वामदेव गौतमको राजीनामा
काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्र उपाध्यक्ष गौतमले आज पार्टी केन्द्रीय कार्यालय थापाथलीमा दर्ता गराउनु भएको छ ।राजीनामापत्रमा उहाँले संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधिसभाको निर्वाचन २०७४ मा एमाले र नेकपा(माओवादी केन्द्र)को साझा घोषणापत्रलाई कार्यान्वयन नगरेको तथा सरकारको कामलाई पटकपटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि सुधार गर्न नसकेको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, “म आफैँ सङ्लग्न भएर निर्माण भएको नेकपा(एमाले)मा तपाइँकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिबाट पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।” राजीनामापत्रमा उहा...