Advertisement
Monday, December 23News That Matters
खाँडाचक्रका नगरपालिका कालिकोटमा  विद्यालय सञ्चालनमा

खाँडाचक्रका नगरपालिका कालिकोटमा विद्यालय सञ्चालनमा

शिक्षा
काठमाडौँ । खाँडाचक्र नगरपालिकाले नगर  क्षेत्रका विद्यालय सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सामुदायिक, संस्थागत विद्यालय सहित बालविकास केन्द्र सञ्चालनमा आएका हुन् । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले गरेको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख जसीप्रसाद चौलागारइंले जानकारी दिनुभयो । समितिले कोभिडको जोखिम कम रहेका स्थानीयतहमा  विद्यालय सञ्चालनका लागि निर्देशन  दिएको थियो । “नगरपालिकाका सबै वडामा विद्यालय सञ्चालन गर्नका लागि परिपत्र गरेका छौँ । जनस्वास्थ्यमापदण्ड पूर्ण पालना गरी  विद्यालय सञ्चालन गर्न पत्र पठाएको छ,” उहाँले भन्नुभयो,“ स्वास्थ्यमापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका छन् ।”यसभन्दा अघि नरहरिनाथ र पचाल झरना गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए । जिल्लाका नौ स्थानीय तहमध्ये तीन तहले विद्यालय सञ्चालन गर्ने निर...
मनसुनी वायुका कारण मौसममा सुधार  हुन अझै केही दिन लाग्ने

मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने

समाचार
काठमाडौँ । मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।   “अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन् । बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ ।” जल तथा मौसम विज्ञान विभागका  वरिष्ठ मौसमविद् बरुण पौडेलले बताउनुभयो ।  शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेकोे छ । त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ । हाल देभभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरेहको र वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्ष...
कोरोना कहरमा पनि माक्स लगाएरै सुनापति महादेवको दर्शन धुमधामले सम्पन्न

कोरोना कहरमा पनि माक्स लगाएरै सुनापति महादेवको दर्शन धुमधामले सम्पन्न

समाचार
रामेछाप।सुनापति गाउँपालिकाको चर्चित धार्मिक एवं पर्यटकिय स्थल  सुनापति डाँडामा जनैपूर्णिमाका दिन वर्षेनी मनाइने पूर्णिमा पर्व स्थानीयले कोरोना संक्रमण जोखिम हुँदाहुँदै पनि परम्परा जर्गेना गर्न माक्स लगाएरै धुमधाम साथ मनाएका छन् ।परम्परादेखि मनाउँदै आइएको जनैपूर्णिमा पर्व कोरोना महामारीका बीच गाउँपालिका भित्रका विभिन्न स्थानबाट धामी झाक्री, भक्तजनहरु सुनापतिस्थित सुनापति महादेवको मन्दिरमा पुगेर दर्शन गर्दा आफ्नो मनले सोचिएको मोनकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास रहीआएको छ ।त्यसले गर्दा काभ्रे, दोलखा, रामेछाप, काठमाडौँ लगायतका ठाउँबाट हजारौँ श्रद्धालु भक्तजनहरु महादेवको दर्शन गर्न आउने गरेको पाइन्छ ।पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको सुनापति डाँडामा महादेवको दर्शनसँगै घुमघामका लागि हजारौ आन्तरिक तथा बाह्य पर्यटक यही अवसरमा सुनापति डाँडामा पुग्ने गर्छन् । सुनापतिमा महादेवको दर्शनका लागि यस...
आमाको मार्मिक वियोगान्त कथा मृत आमाकै काखमा, मम्मी भन्दै भक्कानिन्छन् ३२ महिने छोरा

आमाको मार्मिक वियोगान्त कथा मृत आमाकै काखमा, मम्मी भन्दै भक्कानिन्छन् ३२ महिने छोरा

समाचार
काठमाडौँ  ।  सामाजिक सञ्जालमा शुक्रबारदेखि एउटा तस्बिर भाइरल भइरहेको छ। जसमा एक महिला नाबालक छोरो लिएर निदाएजस्ती देखिन्छन्। खासमा ती महिलाको बसमा यात्राकै क्रममा निधन भएको रहेछ। छोरो अरू यात्रुसँग नफकिएपछि मृत आमाकै काखमा राखिएको थियो।उनी रहिछन्, २८ वर्षीया धर्माकुमारी बटाला। माइतीघर डडेलधुराको अजयमेरु गाउँपालिका–३ गुनपाल। रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँ खारखोलाका दलबहादुर बटालासँग आठ वर्षअघि बिहे भएको थियो। दलबहादुर भवन निर्माणसम्बन्धी काम गर्दै बाँकेको नेपालगन्जमै बस्दै आएका थिए। उनले मुटुरोगी श्रीमतीलाई थप उपचारका लागि उतै बोलाए। धर्माकुमारी ३२ महिने छोरा किरणलाई बोकेर बिहीबार रुकुम पश्चिमको राडीबाट ना.३ख ३७७९ नम्बरको रात्रिबस चढिन्। श्रीमान्–श्रीमतीबीच फोन सम्पर्क भइरहेको थियो। जाजरकोटको छेडाबजारमा आमा छोराले खाना खाएपछि पनि दुई पटक सम्पर्क भएको दलबहादुरले सुनाए।उनका अनु...
माओवादी स्थायी समिति बैठक : विचार मिल्नेसँग सहकार्यसँगै एकता भई अगाडि बढ्ने

माओवादी स्थायी समिति बैठक : विचार मिल्नेसँग सहकार्यसँगै एकता भई अगाडि बढ्ने

राजनीति
काठमाडौँ  ।  नेकपा (माओवादी केन्द्र)ले विचार मिल्ने सबै कम्युनिष्ट घटकसँग सहकार्य एवम् एकता गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले समान विचार भएका वामपन्थी पार्टीसँग सहकार्य, एकता गर्दै नयाँ कम्युनिष्ट पार्टीको अवधारणाका साथ अगाडि बढ्ने निर्णय गरेको हो । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रका बीचमा चुनावी गठबन्धन र पार्टी एकतासमेत भएको थियो । एकता प्रक्रिया तीन वर्ष पूरा नहुँदै टुटेपछि नयाँ आधारमा कम्युनिष्ट पार्टीबीचको एकता र सहकार्यलाई अगाडि बढाउने माओवादीले निष्कर्ष निकालेको छ । विचार मिल्ने सबै वामपन्थी पार्टी र समूहसँग सहकार्य गर्दै एकताको प्रक्रिया अगाडि बढाउने बैठकको निष्कर्ष रहेको माओवादीले जनाएको छ । बैठकले पार्टीका विभागीय प्रमुख तोकेको छ । जिल्ला इन्चार्ज तोक्ने जिम्मा भने प्रदेश समितिलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जा...
ललितपुर निवासी निर्माण व्यवसायी सानु तामाङको  कहालीलाग्दो संघर्षको कथा…..

ललितपुर निवासी निर्माण व्यवसायी सानु तामाङको कहालीलाग्दो संघर्षको कथा…..

समाचार
काठमाडौँ । नेपाल राष्ट्रिय तामाङ घेदुङको बुढानिलकण्ठस्थित चप्पलि हाइटमा निर्माणाधिन तामाङ भवनलाई ललितपुर निवासी निर्माण व्यवसायी सानु तामाङले भवन निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल तामाङ डाजङको केन्द्रीय सदस्यबाट सुरु गरिएको संगठानिक जिवनलाई नेपाल तामाङ युवा घेदुङका ललितपुर जिल्ला अध्यक्षसम्म समालेका तामाङ मध्यम अञ्चल युवा घेदुङ्का संयोजकमा रहेर युवाहरुको नेतृत्व गरिएको थियो । सानै देखि बिद्रोही स्वभावका तामाङले जिवनमा थुप्रै संघर्षका डोबहरु पार गर्दै यो अवस्थामा आईपुगेको बताउनुभयो।सामाजिक संस्थाको युवा सङगठनमा रहेर काम गर्दै गरेका तामाङ एकासी राजनीति तिर होमिए नेपाली काङ्ग्रेसमा युवा दस्ता तरुण दलको जिल्ला सदस्यमा संगठित भएर राजनीति यात्रा सुरु गरिएको थियो। तरुण दलबाट शुरु गरेको राजनीतिक यात्राकै क्रम्मा नेपाली काङ्ग्रेसको  १२ औ महाधिवेशनमा सहभागी भइ  आफुलाई नेपाली...
४० वर्ष माथिकालाई कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउँदै काठमाडौँ महानगरपालिका

४० वर्ष माथिकालाई कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउँदै काठमाडौँ महानगरपालिका

स्वास्थ्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि खोप केन्द्र तय गरेको छ । त्यसमा यसअघि लगाउँदै आएका केन्द्रसँगै आठ केन्द्र थप गरिएको छ ।     आजबाट लागाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२ का र विश्वविद्यालय तहका परीक्षा प्रवेशपत्र दिएका विद्यार्थीलाई दिन लागिएको हो । यसअघि खोप लगाइँदै आएका महानगरपालिकाको ३२ वडाका खोप केन्द्रसँगै राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्ताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई पनि यसपटक खोप केन्द्रका रुपमा विस्तार गरिएको छ । खोप कार्यक्रम बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म रहने छ ।     अहिले थप गरिएका केन्द्रबाट यसअघि म...
वरिष्ठ नेता माधव कुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको आग्रह

वरिष्ठ नेता माधव कुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको आग्रह

राजनीति
काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलले आफ्नो पत्र बमोजिम वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ प्रतिनिधिसभा सदस्यलाई छिटो कारबाही गर्न आज सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेको छ ।     गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई संसद्मा विश्वासको मत दिने बैठकमा मत नदिएको र गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको नीति विपरीत विश्वासको मत दिएको स्थितिमा एमालेले ती सांसद्लाई कारबाही गर्न यही भदौ १ गते सङ्घीय संसद् सचिवालयमा पत्र पठाएको थियो ।     एमालेले राजनीतिक दल सम्बन्धी ऐनको दफा २८ बमोजिम कारबाहीका लागि सिफारिस गरेकाले कानून बमोजिम कारबाही नगरिए प्रतिरोध गर्ने जनाइ दिइएको सभामुखसँगको भेटपछि एमालेका मुख्य सचेतक विशाल भट्टराईले बताउनुभयो ।     एमालेले जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, न...
सर्वोच्च अदालतमा राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध ६ वटा रिट दर्ता

सर्वोच्च अदालतमा राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध ६ वटा रिट दर्ता

राजनीति
काठमाडौँ । सर्वोच्च अदालतमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न आदेशको माग गर्दै ६ थान रिट निवेदन दायर गरिएको छ । अधिवक्ताहरु अर्जुनकुमार अर्याल र सकुन्तला भुसाल, अधिवक्ता निकेशकुमार लम्साल र अनुपा अर्याल, अधिवक्ता प्रवेश केसी, अधिवक्ता श्रीकान्त बराल, अधिवक्ता दलबहादुर धामी, सरोज बुढाथोकी र आशिष श्रेष्ठले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको हो ।     सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार राजनीति दलसम्बन्धी अध्यादेश विरुद्ध छ वटा रिट निवदेन संवैधानिक इजलासमा दर्ता भएको छ । त्यसको सुनुवाइ यही भदौ ११ गते शुक्रबारका लागि तोकिएको छ । दल विभाजन सम्बन्धी अध्यादेश बुधबार राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको थियो । यसअघि पार्टी विभाजनमा लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पुग्नु पर्ने व्यवस्था थियो । नयाँ अध्यादेशमा केन्द्रीय कमिटी वा संस...
बिहीबार थप ३ हजार ७५ सङ्क्रमित, ३३ को मृत्यु

बिहीबार थप ३ हजार ७५ सङ्क्रमित, ३३ को मृत्यु

समाचार
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ पीसीआर परीक्षणमा दुई हजार ३२१ र चार हजार ४९२ एन्टिजेन परीक्षणमा ७५४ जना गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै पीसीआर परीक्षण गर्दा हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ४२ हजार २२८ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ७८ हजार ३७७ छ । सो अवधिमा थप दुई हजार १२६ जना सङ्क्रमण मुक्त भएका छन् । योसँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ६ लाख ९१ हजार २९९ पुगेको छ । हाल ३७ हजार ११४ होम आइसोलेसनमा तथा तीन हजार ३८६ जना संस्थागत आइसोलेसनमा छन् । त्यसैगरी ७३९ आइसीयू र १६८ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ५०० रहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ४२९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ३३ जना...