देशसरोकार अनलाइन मिडियाहरूको भिडमा फरक पहिचान बनाउन स्थापित गरिएको एउटा स्वतन्त्र सञ्चार माध्यम हो। हामी कुनै भीडमा हराउने वा पछाडि लाग्ने हैन, बरू स्वतन्त्र पत्रकारिताको पक्षमा अडिग रही नागरिक र राष्ट्रको स्वाभिमानलाई प्राथमिकतामा राख्ने संकल्पका साथ अगाडि बढेका छौं।
हाम्रो उद्देश्य भनेको समाचारको वस्तुनिष्ठ प्रस्तुति, सत्यको अन्वेषण, र विचारहरूको साझा मञ्च प्रदान गर्नु हो। हामी कुनै पनि राजनीतिक दल वा दलीय स्वार्थसँग जोडिएका छैनौँ। प्रजातन्त्रको मर्मलाई आत्मसात गर्दै नागरिकको आवाजलाई प्रस्टसँग उजागर गर्नु नै हाम्रो लक्ष्य हो। हाम्रो विचारमा प्रजातन्त्र र स्वतन्त्र सञ्चार एकअर्कासँग पूरक हुन्—यीमध्ये कुनै एकको अभावले अर्को अपूर्ण रहन्छ।
देशसरोकारको सुरुवात अनुभवशील पत्रकारहरूको समूहबाट भएको हो। संस्थागत मिडिया प्रणालीबाट वाक्क भई स्वतन्त्र पत्रकारिताको खोजीमा उभिएका हामी सत्यको अन्वेषण गर्दै आम नागरिकको हितलाई मार्गदर्शन मान्दछौं। हामी कुनै पनि स्वार्थ समूहप्रति होइन, केवल हाम्रो पाठकप्रति जवाफदेही छौं।
हाम्रो समाचार कक्षमा नेपाली भाषाको सशक्त टोली क्रियाशील छ, जसले विविध विषयवस्तुमा समाचार र विश्लेषण प्रस्तुत गर्दछ। हाम्रो उद्देश्य केवल समाचार दिनु मात्र नभएर नागरिकहरूको सशक्तिकरण गर्नु र सत्यतर्फको यात्रा निरन्तरता दिनु हो। हामीले कुनै पनि विचारलाई निषेध गर्ने नीति अपनाउँदैनौं र सबै खाले विचारहरूको सम्मानपूर्वक प्रस्तुति गर्छौं।
देशसरोकारले नागरिक स्वतन्त्रता, सार्वभौमसत्ता, र मुलुकको स्वाधीनताको पक्षमा पत्रकारिता गर्ने प्रण लिएको छ। सत्यको खोजीमा अविचलित रहँदै जिम्मेवार र संवेदनशील समाचारको माध्यम बन्ने हाम्रो लक्ष्य हो।
देशसरोकारसँग तपाईहरुको विश्वास र सहकार्यको लागि हामी आभारी छौं। सत्य समाचारको साथ नागरिकको आवाजलाई उजागर गर्दै हामी जिम्मेवार पत्रकारिताको यात्रामा निरन्तर अगाडि बढ्नेछौं।