काठमाडौँ । काभ्रेको धुलिखेल नगरपालिका–३ मा रहेको पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका विद्यार्थी प्लेकार्ड सहित पठनपाठन सञ्चालन गर्न माग गर्दै आन्दोलनमा । यसअघि सञ्चालन हुँदै आएको अनलाईन पठनपाठन कलेज प्रशासनले विगत ४१ दिनदेखि बन्द गरेपछि आफूहरुको भविष्य अन्योलमा पर्ने भन्दै छिटो कक्षा सञ्चालन गर्न माग गरेको हो । ...
८ भाद्र २०७८, मंगलवार १०:००८ भाद्र २०७८, मंगलवार १०:००८ भाद्र २०७८, मंगलवार १०:०० by देश सरोकारNo Comments
काठमाडौँ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देश गरेको छ । समितिको आज बसेको बैठकले परीक्षा रोकिँदा बालबालिकामा मानसिक असर गरेकाले खोपको व्यवस्थापन गर्दै परीक्षा गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गरेको छ । समितिले कोभिडका कारण कलेजमा अरु क्रियाकलाप नभएकाले इञ्जिनीयरिङ कलेजले पढाइ शुल्कबाहेक अरु शुल्क नलिने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देश गरेको छ । अरु तहका परीक्षा सञ्चालन भइरहेको अवस्थामा १२ कक्षाको मात्रै पटक–पटक स्थगित भएको भन्दै समितिले सरोकार राख्ने निकायका प्रतिनिधि बोलाएर छलफल गर्दै आएको थियो । राष्ट्रिय परीक्षा बोर्डले ‘होम सेन्टर’ मा नै परीक्षा गराउने तयारी गरे पनि सीसीएमसीको निर्णयका कारण स्थगित भएको थियो । ...
८ भाद्र २०७८, मंगलवार ०८:०६८ भाद्र २०७८, मंगलवार ०८:०६८ भाद्र २०७८, मंगलवार ०८:०६ by देश सरोकारNo Comments
काठमाडौँ । खाँडाचक्र नगरपालिकाले नगर क्षेत्रका विद्यालय सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सामुदायिक, संस्थागत विद्यालय सहित बालविकास केन्द्र सञ्चालनमा आएका हुन् । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले गरेको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख जसीप्रसाद चौलागारइंले जानकारी दिनुभयो । समितिले कोभिडको जोखिम कम रहेका स्थानीयतहमा विद्यालय सञ्चालनका लागि निर्देशन दिएको थियो । “नगरपालिकाका सबै वडामा विद्यालय सञ्चालन गर्नका लागि परिपत्र गरेका छौँ । जनस्वास्थ्यमापदण्ड पूर्ण पालना गरी विद्यालय सञ्चालन गर्न पत्र पठाएको छ,” उहाँले भन्नुभयो,“ स्वास्थ्यमापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका छन् ।”यसभन्दा अघि नरहरिनाथ र पचाल झरना गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए । जिल्लाका नौ स्थानीय तहमध्ये तीन तहले विद्यालय सञ्चालन गर्ने निर...
१८ जेष्ठ २०७८, मंगलवार १३:४५१८ जेष्ठ २०७८, मंगलवार १३:४५१८ जेष्ठ २०७८, मंगलवार १३:४५ by देश सरोकारNo Comments
बर्खा नलाग्दै आएको बाढीले हिमालपारीको जिल्ला मनाङसहित आठ जिल्लामा क्षति पुर्याएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार जेठ १४ गते बिहान १० बजेदेखि १५ जेठ बिहान १० बजेसम्मको अवधिमा बाढी र पहिरोले तनहुँको व्यास नगरपालिका–१ निर्मल टोलमा एक जनाको मृत्यु भएको छ भने सिन्धुली, सुनसरी, काभ्रे, मनाङ, गोरखा, म्याग्दी, पाल्पा, पाँचथरलगायतका जिल्लामा सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको छ ।
प्राधिकरणले ट्वीट गरेको एक भिडियोमा मनाङको सदरमुकाम चामेमा डरलाग्दो गरी उर्लिएको बाढीले एउटा मन्दिर बगाएको देखिन्छ । वस्तीको बीचबाट बाढी बगेको देखिन्छ ।प्राधिकरणले बर्खा नलाग्दै आएको बाढीले क्षति पुर्याएको मनाङको उदाहरण दिंदै पूर्वतयारी थाल्न आग्रह गरेको छ ।
‘अहिले नै पूर्वतयारी थाले तपाईंको टोलबस्तीमा यस किसिमका बाढीको जोखिम कम गर्न सकिन्छ,’ प्राधिकरण...
१८ जेष्ठ २०७८, मंगलवार १३:४०१८ जेष्ठ २०७८, मंगलवार १३:४०१८ जेष्ठ २०७८, मंगलवार १३:४० by देश सरोकारNo Comments
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।आगामी आर्थिक वर्षको लागि अथमन्त्री बिष्णु पौडेलले १५ खर्ब ४७ अर्बको बजेट ल्याएका छन् ।
चालु आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्बको आकारको बजेट थियो ।सरकारले केन्द्र सरकारको चालु खर्चको लागि ६ खर्ब ७८ अर्ब बिनियोजन गरेको छ भने विकास खर्चको लागि ३ खर्ब ४७ अर्ब बिनियोजन गरेको छ ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?...
१८ जेष्ठ २०७८, मंगलवार १३:३७१८ जेष्ठ २०७८, मंगलवार १३:३७१८ जेष्ठ २०७८, मंगलवार १३:३७ by देश सरोकारNo Comments
भारत र बेलायतमा फेला परेका कोरोना भाइरसको मिश्रणयुक्त नयाँ भेरियन्ट भियतनाममा फेला परेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन् ।भियतनामका स्वास्थ्यमन्त्री गुयन थान लङ्गले यो हाइब्रिड भेरियन्ट अत्यन्त खतरनाक रहेको बताएका छन् ।
उनले सरकारको एक बैठकमा यो नयाँ भेरियन्ट हावाबाट पनि तीव्र गतीमा फैलिने खालको रहेको बताएको बीबीसीले जनाएको छ ।सन् २०१९ को अन्तिममा चीनमा पहिलो पटक फेला परेको भनिएको कोरोना भाइरस हजारौंपटक उत्परिवर्तन भएको पाइएको छ ।
यसका बेलायत र भारतीय भेरियन्ट ज्यादा खतरनाक भएको वैज्ञानिकहरुले जनाएका छन् ।भियतनाममा फेला परेको नयाँ भेरियन्टले मानव स्वास्थ्यमा पुर्याउने असरबारे अध्ययन हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ ।
भियतनामको नयाँ भेरियन्टको नाम भने राखिएको छैन । हालसम्म जुन देशमा फेला पर्यो त्यही देशको नामबाट भेरियन्टलाई चिनाउने गरिएको छ ।विश्व स्वास्थ्य संगठन (डब...
१८ जेष्ठ २०७८, मंगलवार १३:३३१८ जेष्ठ २०७८, मंगलवार १३:३३१८ जेष्ठ २०७८, मंगलवार १३:३३ by देश सरोकारNo Comments
त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट पढाइ र परीक्षा गर्ने तयारी भइरहेकोले सम्पर्कमा आउन विद्यार्थीलाई अपिल गरेको छ।
उपकुलपति धर्मकान्त बाँस्कोटाले अपिल जारी गर्दै रोकिएका परीक्षाहरू पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैमा अपिल गरेका छन्।
‘सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयमा सम्पर्कमा आउन अनुरोध गर्दछु,’ उनले भनेका छन्।रोकिएका कक्षा पनि वैकल्पिक माध्यमबाट सुचारू हुने त्रिविले बताएको छ।...
१८ जेष्ठ २०७८, मंगलवार १३:२०१८ जेष्ठ २०७८, मंगलवार १३:२०१८ जेष्ठ २०७८, मंगलवार १३:२० by देश सरोकारNo Comments
राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले चुनावबाट पछि हट्न आफूलाई कसैले फकाएको र कसैले थर्काएको बताएका छन् । केहीको आवाजको रेकर्ड नै राखेको बताउँदै उनले आवश्यक परेमा नाम पनि भन्ने बताएका छन् ।
राष्ट्रियसभा निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजित गरेका देवकोटाले सामाजिक सञ्जालमा देवकोटाले लेखेका छन्, ‘व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाए÷थर्काए, समयक्रममा आवश्यक परेमा नाम भन्दै गरौंला । कसैकसैको त भ्वाइस रेकर्ड नै राखेको छु ।
’आफू विचलित भएको भए आफ्नो मात्र नभई आफूजस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो भन्दै उनले तर आफू अडिग रहेको बताएका छन् ।उनले लेखेका छन्, ‘लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रै होला । बोलेपछि, सही गरेपछि, वचनवद्ध भएपछि पूरा गर्नुपर्दछ ।’यो खबर पढेर तपाईलाई कस्तो ...
१८ जेष्ठ २०७८, मंगलवार १३:१७१८ जेष्ठ २०७८, मंगलवार १३:१७१८ जेष्ठ २०७८, मंगलवार १३:१७ by देश सरोकारNo Comments
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आगामी चार सातापछि संक्रमणको गति घट्न सक्ने बताएका छन । अहिले फैलिएको नयाँ भेरिएन्ट संक्रामक र घातक भएको बताउँदै मन्त्री त्रिपाठीले मानवीय आवतजावत भैरहेको र केही कार्यालय खुलै भएकाले संक्रमण घट्न नसकेको बताए ।
सक्रिय संक्रमित संख्या १ लाख १५ हजार पुगेको जानकारी दिँदै मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्डलाई कडाइ गर्नुपर्ने बताए ।सरकारले कोभिड-१९ को उपचारका लागि १५७ वटा अस्पताल छुट्याएको र ४५ निजी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको मन्त्री त्रिपाठीले जनाए ।
बैशाख महिनामा मात्र उपचारका लागि ४५ करोडको शोधभर्ना गरिएको समेत उनले जनाए ।स्वास्थ्य सचिव लक्ष्मण अर्यालले अपेक्षारुपमा संक्रमण दर घट्न नसकेको बताए । बिरामीको संख्या बढिरहेको जनाउँदै उनले काठमाडौंमा संक्रमण घटेपनि तुलनात्मकरुपमा घट्न नसकेको जनाए । ‘संक्रमण अझैपनि समुदायमै छ’ उनले भने ।...
१८ जेष्ठ २०७८, मंगलवार १३:१५१८ जेष्ठ २०७८, मंगलवार १३:१५१८ जेष्ठ २०७८, मंगलवार १३:१५ by देश सरोकारNo Comments
बूढानीलकण्ठ नगरपालिकाका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आरटी पिसिआर गरि बिहिबार, शुक्रबार र शनिबार तीन दिनमा आएको परिक्षणको नतिजा अनुरुप बूढानीलकण्ठ नगरपालिका वडा नं ८ का तीन जना, वडा नं ३ र वडा नं ७ का एक एकमजना गरि ५ जनामा कोरोना संक्रमण देखिएको हो।
संक्रमण पुष्टि भएका पाँचजना मध्ये बू.न.पाका वडा नं ८ का ३५ वर्षीय पुरुष, ३२ र ४१ वर्षीय महिला, वडा नं ३ का २३ वर्षीय पुरुष तथा वडा नं ७ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ बूढानीलकण्ठ नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख कुमार प्रसाद दाहालले जानकारी प्रदान गर्नुभएको छ। संक्रमण पुष्टि भएकाहरु सबै अन्य जिल्लाबाट उपत्यकामा केहि दिन अघि मात्रै प्रवेश गरेको जानकारी समेत दाहालले बताउनुभएको छ।
बू.न.पा वडा नं ७, वडा २ र वडा ३ मा पुष्टि भएका संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ्गको कार्य आइतबारदेखि...