एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित सभालाई सम्बोधन गर्दै : विप्लव
अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, ब्यापार, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
काठमाडौँ । नेत्र बिक्रम चन्द ‘विप्लव’ ५ वर्षपछि काठमाडौको ठुलो सभालाई सम्बोधन गर्ने भएका छन । नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध आज भदौ २८ गते काठमाडौँको खुल्ला मञ्चमा बृहत जनसभा गर्ने भएको छ । एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित हुने बृहत जनसभालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने बताइएको छ ।
खुल्ला मञ्चमा हुने जनसभाको सम्पूर्ण तयारी पूरा भएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले सुनापति न्युज लाई जानकारी दिनुभयो ।२० हजार भन्दा बढीको उपस्थितिमा हुने एमसीसी विरुद्धको जनसभा लागि हिजोबाट मञ्च सजाउन लागिएको नेता लामाले बताए । काठमाडौँ र आसपासका जिल्लाका ठाउँठाउँमा प्रचारप्रसारका लागि पर्चा वितरण गर्नुका साथै झण्डा, ब्यानर, पम्प्लेट बनाउने र विभिन्न जिल्लाबाट आउने जनमानसहरुको तयारी गरिरहेक...