by देश सरोकार
चैत्र २० रामेछाप । सुनापति गाउँपालिका खेलकुद विकास समितिले चौथो सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आर्थिक आयब्याय करिब २ महिना हुन्न लाग्दा पनि सार्वजनिक नगरेको भन्दै गुनासो गरेका छन् ।
खेलकुद विकास समितिले प्रतियोगिताको नाममा खर्च गरेको हिसाब नै सार्वजनिक नहुन्नाले हिनामिनाको आसंका बढेको छ । सुनापति गाउँपालिकाले छुटाएको २० लाख रकम मध्ये कति कहाँ कसरी र केका लागि खर्च गरियो भन्ने, अहिले सम्म अतोपतो छैन ।
यसबारे खेलकुद विकास समितिका अध्यक्ष होम बहादुर खपाङी मगरको प्रतिक्रिया माग्दा उहाँले, समितिका कोष अध्यक्ष, सचिब लगाएत सम्पूर्ण टिम भाग नमिल्दा कोष अध्यक्ष, सचिब कार्यक्रम र बैठक बहिस्कार गरि काठमाण्डौ हिडेको बताउनु भयो। त्यस्तै सुनापति गाउँपालिकाले भने, खेलकुद विकास समितिले बुझाएको खर्चको बिल भन्दा धेरै भुक्तानी गरेको पाएको छ ।