Advertisement
Monday, December 23News That Matters

सुनापतिमा पहिलो पटक १२ औं राष्ट्रिय जुनियर तेक्वान्दो हुने

पौष २ रामेछाप।सुनापति गाउँपालिका तेक्वान्दो आई.टि.एफ एकेडेमीको आयोजनामा यहि मिति पौष ९ र १० गते सुनापति गाउँपालिका वडा नं. ३ हिलेदेवीमा १२ औं राष्ट्रिय जुनियर तेक्वान्दो आई.टि.एफ प्रतियोगितामा ७ प्रदेशको खेलाडीहरु साथै दुई विभागीय आर्मी क्लब र एपिएफ क्लब सहभागी हुने छ भने, उक्त कार्यक्रम बाबुराम तमाङ्गको संयोजकमा सम्पन्न हुने छ।

 यस खेलले सुनापति गाउँपालिकालाई राष्ट्रिय रुपमा परिचित गराउन तथा आन्तरिक पर्यटन बढाउन साथै सुनापतिको खेल क्षेत्रलाई उचाईमा पुर्र्याउन उक्त प्रतियोगिताको आयोजना गरेको संयोजक बाबुराम तामाङ्गले सुनापति न्युज डटकमलाई जानकारी दिनुभयो। तमाङ्गले गत वर्ष पनि जिल्ला स्तरीय प्रतियोगिता गरिसकेको जानकारी दिनुभयो।

सुनापति तेक्वान्दो आई.टि.एफ एकेडेमीले नियमित रुपमा तेक्वान्दो ट्रेनिङ्ग पनि संचालन गर्दै आइरहेको छ। गत वर्ष मात्र उक्त एकेडेमीबाट ६ जनाले ब्लाक बेल्ट् लिईसकेका छन् भने, एकेडेमीको प्रशिक्षक सपूत मोक्तान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *